बारामा एकै दिन मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि

बारा, १० भदौ । बारामा एकै दिन मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न रोगको उपचारका क्रममा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको होे ।

कोरोना पुष्टि भएपछि उनीहरुलाई वीरगञ्जस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय,बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

मृत्यु हुनेहरुमा बारा जिल्लाको सूवर्ण गापा ४ पर्शुरामपुरका भुपलाल प्रसाद यादव र महागढिमाई नगरपालिका ४ का गेनालाल प्रसाद साह रहेका छन् । दुवै जनाको हिजो विहान मृत्यु भएको हो ।

यसै गरी गएराति पनि दुई जनाको मृत्यु भएको छ । विश्रामपुर १ छतवाका अशोककुमार यादव र कलैया उपमहानगर १ निवासी विश्वनाथ प्रसाद जयसवालको मृत्यु भएको हो । उनीहरुसमेत विभिन्न रोगका कारण उपचारका लागि भर्ना भएका थिए ।

विरामीको लक्ष्यण कोरोनासँग मिल्दोजुल्दो देखिएपछि हिजो उनीहरुको पीसीआर परीक्षण गरिएको थियो । दुवैको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको थप उपचारका लागि गण्डकस्थित कोभिड अस्पतालमा उपचाररत उनीहरुको गएराति करिव १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

मृतक सवैको शव अस्पतालमा रहेको र शव व्यवस्थापनका लागि पहल भइरहेको समेत बारा प्रहरीले जनाएको छ । योसँगै बारामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment