काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थपियो

काठमाडौं, १० भदौ । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । गत ३ गते बुधबार राति १२ बजेबाट जारी गरिएको निषेधाज्ञा १० गते बुधबार आजसम्मलाई तोकिएको थियो । तर उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले एकसाता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा अझै १७ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा ठप्प रहनेछन् । यद्यपि बिहान सवा ९ बजेसम्म दैनिक उपभोग्य वस्तुहरु खाद्यन्न, तरकारी, दुध र खानेपानी लगायत वस्तुहरु किनबेचका लागि छुट दिइनेछ ।

बिहान ७ बजे नै प्रहरी आएर पसल बन्द गराउन दवाब दिएको भन्ने जनगुनासो आएपछि केहिदिन अघि उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ल अधिकारीहरुकको संयुक्त बैठकले सवा ९ बजेसम्म ती सामान किनबेच गर्न छुट दिने निर्णय गरेको थियो । औषधि पसल र अस्पतालका सामान ओसारपसार तथा बिक्री बितरणमा कुनै रोकतोक गरिने छैन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment