देशभर संक्रमितको संख्या निरन्तर बढ्दै, पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा संक्रमणको पुष्टि

काठमाडौं, १० भदौ । मुलुकमा थप ८ सय ८५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ८५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को खोटाङमा १ जना, झापामा १६ जना, तेह्रथुममा ८ जना, पाँचथरमा ५ जना, मोरङमा १३ जना, सुनसरीमा ५५ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश २ को धनुषामा ४३ जना, पर्सामा १ जना, बारामा २४ जना, महोत्तरीमा १८ जना, रौतहटमा २० जना, सप्तरीमा १ जना, सर्लाहीमा १ सय २० जना र सिरहामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा २ सय ३० जना, काभ्रेमा २१ जना, चितवनमा ४२ जना, दोलखामा २ जना, धादिङमा २ जना, मकवानपुरमा १८ जना, रामेछापमा १ जना, सिन्धुपाल्चोकमा १ जना, ललितपुरमा ४७ जना र भक्तपुरमा २४ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा ४ जना, गोरखामा १ जना, नवलपरासी पूर्वमा ७ जना, लमजुङमा २३ जना संक्रमण देखिएको छ । यता, प्रदेश ५ को अर्घाखाँचीमा १ जना, कपिलवस्तुमा ४ जना, गुल्मीमा जना, दाङमा १६ जना, प्यूठानमा २२ जना, नवलपरासीमा २ जना, बर्दियामा १ जना, बाँकेमा ४ जना, रुपन्देहीमा १९ जना र रोल्पामा १ जनामा संक्रमण देखिएको छ ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा १ जना, अछामममा २० जना, सल्यानमा १ जना र सुर्खेतमा ७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २ जना, कैलालीमा २९ जना, डडेल्धुरामा २ जना र डोटीमा २ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment