कोरोनाबाट एकैदिन ११ को मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुग्यो

काठमाडौं, १० भदौ । कोरोना भाइरसको संक्रमणको कारण पछिल्लो २४ घण्टामा ११ जनाले ज्यान गुमाएका छन् । संक्रमणका कारण महोत्तरीका ३, बाराका २, कैलालीका २, काठमाडौं, भक्तपुर, बाँके र मोरङका एक–एक जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ७५ पुगेको हो ।

काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका भक्तपुरका एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । उनी तीन दिन अघि अस्पतालमा भर्ना भएका थिए । उनी मुटु रोग र थाइराइडको पनि उपचार गराइरहेको अस्पतालले छ ।

File Photo

यस्तै, कैलालीको सेती प्रादेशिक अस्पतालमा गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । तीन दिनदेखि निसर्ग अस्पतालको आइसीयुमा उपचाररत उनलाई हिजो कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारेर भेन्टिलेटरमा राखिएको थियो ।

यसै गरी कैलालीको बर्दगोरिया गाउँपालिकामा एक जनाको मृत्युपछि कोरोना पुष्टि भएको छ । भदौ १ गते बर्दगोरियाका ५ घर भएका ५० वर्षे मोहन्याल गाउँपालिका ३ मा घुम्न गएको बेला अचानक मृत्यु भएको थियो । थ्रोट स्बाव लिँदा उनलाई कोरोना देखिएको थियो ।

यस्तै विराटनगरको न्यूरो अस्पतालमा महोत्तरीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । साउन ३१ गते अस्पतालमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको गएराति ११ बजेतिर मृत्यु भएको हो ।

टाउकोको नशा सुकेर प्यारालाईसिसको समस्या भएका पुरुष न्यूरोको भेन्टिलेटरमा उपचाररत रहेकै बखत भदौ ३ गते स्वाब संकलन गरी गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१५ की ४४ बर्षीया कोरोना संक्रमित महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो ।

यता, ललितपुरको पाटन अस्पतालमा काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको छ । साउन २३ गतेदेखि अस्पतालमा उपचार गराइरहेका थिए । यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

छातीको समस्या देखिएपछि उनी उपचारका लागि गत सोमबार नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका थिए । यसै गरी पर्साको वीरगन्जस्थित अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका बाराका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाराको कलैयाका ६६ बर्षीय पुरुष र विश्रामपुर छतवाका ४२ बर्षीय पुरुषको संक्रमण पुष्टि भएपछि वीरगन्जको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसै गरी महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नम्वर ५ का ७५ वर्षीय पुरुष र बलवा नगरपालिका वडा नम्वर ३ का ७७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

७५ वर्षीय पुरुष उच्च रक्तचाप र मधुमेहका रोगी रहेको र भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा संक्रमण देखिएपछि महोत्तरीमा आइसोलेशनमा बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment