इलामको चुलाचुलीबाट दुई केजी गाँजा सहित दुइ जना पक्राउ

इलाम, ९ भदौँः इलामको चुलाचुलीबाट निस्केको गस्ती टोलीले दुई केजी गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । इलाम चुलाचुली गाँउपालिका ५ स्थित चपेटीमा प्रहरी चौकी पेल्टिमारी इलामबाट निस्किएको प्रहरी गस्ति टोलिले ईलाम माङसेबुङ गाउँपालिका ५ बस्ने बर्ष १९ को प्रेम राई र सोही स्थान बस्ने बर्ष १७ को अमिर लिम्बुलाई पक्राउ गरेको हो । उनीहरुले बोकेको कालो झोला चेकजाच गर्ने क्रममा निजहरुको साथबाट अन्दाजी २ केजी गाजा फेला परेको पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment