मन्त्रालयका अनुसार काठमाडौंका १ महिला र दुई पुरुष सहित ३ जना, सिरहा, पर्सा, धनुषा र रुपन्देहीका १/१ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंकी ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष, र रुपन्देहीका ५३ वर्षीय पुरुष छन् ।
रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५३ वर्षका कोरोना संक्रमित पुरुषको भीम अस्पतालमा उनको मृत्यु भएको हो । एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो ।
0 comments:
Post a Comment