देशभर संक्रमितको संख्या निरन्तर बढ्दै, पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा संक्रमणको पुष्टि

काठमाडौं, ९ भदौ । मुलुकमा थप ८ सय ५५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ५५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को उदयपुरमा १ जना, ओखलढुंगामा १ जना, खोटाङमा १ जना, झापामा ५ जना, सोलुखुम्बुमा २ जना, मोरङमा ४३ जना, सुनसरीमा १६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश २ को धनुषामा ४२जना, पर्सामा ४ जना, बारामा १७ जना,महोत्तरीमा १७ जना, रौतहटमा ४४ जना, सप्तरीमा ३ जना, सर्लाहीमा ५८ जना र सिरहामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा १९९जना, काभ्रेमा ५जना, चितवनमा ३७ जना, दोलखामा ३ जना, धादिङमा ८ जना, नुवाकोटमा १ जना, मकवानपुरमा २ जना, रामेछापमा १ जना, सिन्धुपाल्चोकमा २ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा १३ जना, गोरखामा २ जना, तनहुँमा ६ जना, नवलपरासी पूर्वमा ४ जना, बागलुङमा १ जना, पर्वतमा २ जना, लमजुण्मा १ जना संक्रमण देखिएको छ ।

यता, प्रदेश ५ को अर्घाखाँचीमा १ जना, कपिलवस्तुमा २३ जना, गुल्मीमा २ जना, दाङमा १८ जना, प्युठानमा ४ जना, नवलपरासीमा ८ जना, पाल्पामा ४ जना, बर्दियामा ६ जना, बाँकेमा १५ जना, रुपन्देहीमा ६९ जना र रोल्पामा ३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ५ जना, जुम्लामा १ जना, दैलेखमा ४ जना, मुगुमा १, सल्यानमा ४ जना र सुर्खेतमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १९ जना, कञ्चनपुरमा १२ जना, कैलालीमा १६ जना, डडेल्धुरामा २, डोटीमा ४५, बझाङमा ९ जना र बैतडीमा २ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment