बैंकर त्रयको नयाँ गीत 'घाउ' सार्वजनिक (भिडियो सहित)


इलाम, ८ भदौँः  वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत, मनोहर सुनामको वाद्य संयोजन, बैंकरद्वय गोबिन्द गुरूङ्गको स्वर तथा गौतम डंगोल 'सन्देश' को शब्द रहेको नयाँ गीत 'घाउ' सार्वजनिक भएको छ । ूघाउ गरेर सोध्छौ तिमीू बोलको उक्त गीत बिहिवार युट्युव मार्फत सार्वजनिक भएको हो । एभरेष्ट ग्यालरीले बजारमा ल्याएको उक्त गीतको रीकर्डिङ्ग, मिक्सिङ्ग, मास्टरीङ्ग भोला पौडेलले गरेको गरेका हुन् भने रीकर्डिङ्ग नक्साल स्थित साउण्ड डिजाईन् स्टुडियोमा गरीएको हो ।

नेपाली संगीत आकाशमा सुपरिचित नाम संगीतकार शक्ति वल्लभ रिटायर्ड बैंकर हुन् भने गायक गोविन्द गुरूङ्ग सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । गीतकार गौतम डंगोल हाल एन आइ सि एशिया बैंकमा कार्यरत छन् । अत 'घाउ' नाम दिईएको यो गीत बैंकर त्रय शक्ति वल्लभ, गोविन्द गुरूङ्ग तथा गौतम डंगोलको संयुक्त श्रृजना हो भन्दा अत्युक्ति नहोला ।  

यस अघि गायक गोविन्द गुरूङ्गका अन्य थुप्रै गीतहरू अडियो भिडियो मार्फत बजारमा आईसकेका छन् भने उनका एकल एल्वमहरूले पनि राम्रै बजार तताईसकेका छन् । गायक गुरूङ्गका धेरै जसो गीतहरू नेपाली भाषामा स्वरबद्ध भएका छन् भने केही गीतहरू गुरूङ्ग भाषामा समेत स्वरबद्ध छन् । 

त्यसैगरी बैंकिङ्ग पेशाका अलावा बचेखुसेका फुर्सदका  क्षणलाई लेखन विधामा अर्पेका गीतकार गौतम डंगोलका अनलाईन् तथा प्रिन्ट मिडियामा गरी १०० भन्दा अधिक लेख रचनाहरू प्रकाशित छन् । नेवारी र नेपालीमा कलम चलाउने सन्देश आफ्नो लेखन शैलीलाई ल्याभिस राईटिङ्गको संज्ञा दिन्छन् भने आफुले लेखेका गीतहरू कम्पोज्ड, अरेन्ज्ड, भोकल्ड, भिजुयलाईज्ड भएर आउँदा निर्जिव शब्दहरूमा जीवन भरीएको आभास गर्छन् । हाल सम्म उनका गीतहरूमा भिषण निरौला, शक्ति बल्लभ, सचिन सिंह, फनिन्द्र राई, मनोहर सुनाम, हेम लामा, झुमा निरौला, गोबिन्द गुरूङ्ग, रीमा गुरूङ्ग, डेनी निरौला, भुगोल दहाल, जेम्स प्रधान, सुमित आर्य, किरण थापा, प्रदिप श्रेष्ठ, मनोहर सुनाम, किरण कँडेल, अनिल शाहि, भुपेन्द्र बज्राचार्य लगायतले कम्पोज, अरेन्ज तथा स्वर भरीसकेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment