वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ०३ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार हिजो अस्पताल भर्ना भएकी एक ६७ वर्षीय बृद्धाकाे मृत्यु भएकाे हाे । बृद्धाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको अस्पताल स्रोतले जनाएको छ ।

मृतक बूढीगंगा २ मोरङको भएको बताइएको छ । मुटुमासमेत समस्या भएकोले विराट मेडिकलमा उपचार भइरहेकी बृद्धाको विराट मेडिकलमा उपचार सम्भव नभएपछि मंगबार बिहान २ बजे धरान ल्याइएको थियो ।

रुखा खोकी, ज्वरोसँगै स्वासप्रश्वासमा समस्या आएपछि उपचारको क्रममा उनको मंगलबार पाँच बजे मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment