देशभर पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा संक्रमण, संक्रमितको संख्या ३७ हजार नाघ्यो

काठमाडौं, १३ भदौ । मुलुकमा थप ८ सय ८४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ८४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को इलामका १ जना, धनकुटामा १९ जना, झापामा २० जना,संखुवासभामा ३ जना, मोेरङमा ३१ जना, सुनसरीमा २४ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश २ को धनुषामा ४९ जना, पर्सामा ७३ जना, बारामा २१ जना, महोत्तरीमा २६ जना, रौतहटमा ५ जना, सप्तरीमा २ जना, सर्लाहीमा ८३ जना र सिरहामा २२ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा १ सय ५५ जना, काभ्रेमा १९जना, चितवनमा ५७ जना, दोलखामा १ जना, धादिङमा ९ जना, मकवानपुरमा ९ जना, रसुवामा जना, सिन्धुलीमा जना, नुवाकोटमा जना, सिन्धुपाल्चोकमा १ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १२ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा ३ जना, नवलपरासी पूर्वमा २३ जना, लमजुङमा २९ जनामा संक्रमण देखिएको छ । यता, प्रदेश ५को दाङमा १९ जना, कपिलवस्तुमा २ जना, गुल्मीमा १ जना, नवलपरासीमा १० जना, बाँकेमा २० जना, रुपन्देहीमा १६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १ जना, रुकुम पश्चिममा १ जना, जुम्लामा १ जना, दैलेखमा १ जना, सुर्खेतमा १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १७ जना, कैलालीमा १९ जना, दार्चुलामा ३ जना, बझाङमा २६ जना र बैतडीमा २१ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment