मृत्युदर बढ्यो, एकै दिन १२ को मृत्यु, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०७ पुग्यो

काठमाडौं, १३ भदौ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै संख्या २ सय ७ पुगेको हो ।

वीरगञ्जमा मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको छ । उच्च रक्तचापको समस्याबाट पीडित महिलामा वाइड जीन एक्सपर्ट विधिबाट परीक्षण गर्दा कोरोना देखिएका थियो ।

यस्तै, वीरगञ्ज–१२ निवासी ४३ वर्षीय पुरुषको वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको छ । हेपाटाइटीस बी र एचआइभी एडु्का बिरामी समेत रहेका उनलाई नेसन मेडिकल कलेजबाट रिफर भएर अस्पताल आएका थिए ।

यस्तै, वीरगञ्ज–२२ मनियारीका ३७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । सिकिस्त बिरामी रहेका उनलाई काठमाडौं लैजादै गर्दा मृत्यु भएको छ ।

यस्तै, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ८४ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ । सिरहाको भदैया–६ बस्ने उनको उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई खोकी, ज्वरो, र श्वासप्रश्वासमा समस्या भएको थियो । मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला छन् । काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी ६२ वर्षीया महिलाको आज बिहान पौने ७ बजे मृत्यु भएको हो । चितवन मेडिकल कलेज (सीएमसी)मा उपचाररत बारा निजगढ ७ की ७१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ८ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका १४ काजीपोखरीका ५८ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । चितवनमा गोरखा जिल्ला, गोरखा नगरपालिका १३ का ३८ वर्षीय पुरुषको भरतपुर अस्पतालमा शुक्रबार दिउँसो साढे २ बजे मृत्यु भएको हो ।

तानसेन नगरपालिका ८ की कोरोना संक्रमित ३० बर्षीया महिलाको उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको हो । लुम्बिनी मेडिकल कलेजको आइसोलेशन कक्षमा उपचारत महिलालाई भदौ ७ गते कोरना संक्रमण पुष्टि भएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

यस्तै, हेटौंडा–५, सानोपोखराकी ४९ वर्षीया एक महिलाको चितवनमा मृत्यु भएको छ । मिर्गौला रोगले पीडित समेत रहेकी उनको शनिबार बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

डायलसिस गर्नका लागि उनी साउन २७ गते चितवन मेडिकल कलेज गएकी थिइन् । उनको तीन पटकसम्म डायलसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment