पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु


काठमाडौँ, १३ भदौ । पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेका छन् ।

उनीहरु दुवैजनको आइसियूमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मृत्य ुहुने काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो।

उच्च रक्तचापको समस्या भएकी काठमाडौंकी महिला गत साउन ३० गते अस्पताल भर्ना भएकी थिइन् । गत भदौं ८ गते भर्ना भएकी भक्तपुरकी महिलामा भने अरु कुनै समस्या नरहेको अस्पतालले बताएको छ ।

मृतकमध्ये काठमाडौंकी महिलाको भने हिजै शव व्यवस्थापन गरिएको र भक्तपुरकी महिलाको भने शव व्यवस्थापन गर्ने तयारी गरिएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment