नेपालमा कोरोना भाइरसबाट थप ५ जनाकाे मृत्यु, मृतककाे संख्या ७० पुग्यो

 

काठमाडौं, २३ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । पर्साका ३ जना, सिरहा र सप्तरीका १÷१ जनाको मृत्यु भएसँगै संख्या ७० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साका वडा नम्बर ९ बस्ने ४५ वर्षीय एक पुरुषको साउन २२ गते पाटन अस्पतालमा, मधुमेह र रक्तचापका बिरामी हुनुहुन्थ्यो ।

पर्साका वडा नम्बर ११ बस्ने ७९ वर्षका पुरुष साउन २० गते घरमै निधन भएको हो । उहाँको नमूना परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । यस्तै, पर्साका वडा नम्बर ११ बस्ने ५७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्पतालमा मृत्यु भएको हो ।

उहाँमा मधुमेह, मुटु र उच्च रक्तचाप थियो । उहाँको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सिरहा जिल्ला गोलबजार नगरपालिका वडा नम्बर १२ बस्ने २५ वर्षीय पुरुषको साउन २२ गते राति बिपी कोइाराला अस्पताल धरानमा निधन भएको थियो ।

डायलाइसिस गरिरहेका मिर्गौलाका बिरामीलाई जनपकुरबाट रिफर गरिएको थियो । यस्तै, सर्लाही जिल्लाकै ४५ वर्षीय साउन २३ गते पाटन अस्पतालमा निधन भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment