सरकारको चेतावनी : अस्पतालले धान्न सक्दैन, स्वास्थ्यकर्मी पुग्दैनन्, अवस्था अप्ठ्यारो बन्दै


काठमाडौं, २२ साउन । सरकारले नेपालमा कोरोना संक्रमणको दर उच्च बनेको भन्दै यही अवस्था कायम रहे अस्पताल र सुरक्षाकर्मीले धान्न नसक्ने चेतावनी दिएको छ ।

स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड नअपनाए एवं हाल देखिएको लापरवाही कायम रहे नेपालमा कोरोना संक्रमणको अवस्था नियन्त्रण बाहिर जाने पनि चेतावनी समेत दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमितरुपमा आयोजना गर्दै आएको कोभिड १९ प्रेस ब्रिफिङमा हरेक क्षेत्रमा सावधानी अपाउनु पर्ने अवस्था पनि प्रष्ट पारिएको छ ।

पत्रकार सम्मेलनमार्फत सरकारले काठमाडौं उपत्यकाका सरकारी, सामुदायिक तथा निजी कार्यालयमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड तत्काल कठोर ढंगले लागू गर्न अनुरोध गरेको छ । साथै सभा सम्मेलन जस्ता कार्यक्रम नगर्न र गर्नै परेपनि भर्चुअल माध्यमको प्रयोग गर्न पनि आग्रह गरिएको छ ।

यसैगरी नेपालीहरुको चाडपर्व जात्रा पनि धमाधम आउँदै गरेकाले यस्ता चाडपर्व र जात्राहरु स्वास्थ्य दृष्टिकोणलाई ध्यान दिएर मात्र मनाउन पनि सरकारको आग्रह छ ।

‘काठमाडौं उपत्यकामा संक्रमणको दर बढ्यो, अवस्था अप्ठ्यारो आयो’ बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भन्नुभयो ‘यही अवस्था कायम गरे अस्पतालले धान्न सक्दैनन, उपकरण छैन, स्वास्थ्यकर्मीले पनि पुग्दैन ।’

यसैगरी भारतसंग सीमा जोडिएको तराईका जिल्लाहरुमा संक्रमणको दर उच्च बनेकोले पनि थप सचेतता अपनाउन आवश्यक रहेको भन्दै स्थानीय तह , प्रदेश सरकार र सुरक्षाकर्मीलाई थप सजग बन्न पनि पत्रकार सम्मेलनमार्फत आग्रह गरिएको छ ।

यस्तै अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन पनि सरकारले निर्देशन दिएको छ । साथै चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरुको अनिवार्य लगबुक राख्न पनि निर्देशन दिइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment