इलामको सूर्योदय नगरपालिका क्षेत्रमा अनिश्चितकालीन लकडाउन

फिक्कल, २२ साउनः इलामको सूर्योदय नगरपालिकाले कोरोना संक्रमण बढ्दै गएपछि बिहीबार राती १२ बजे पछि अनिश्चितकालीन लकडाउन गर्ने निर्णय गरेको छ ।
शसस्त्र प्रहरीको पशुपतिनगर बीओपी र आईतबारे क्याम्पमा कोरोना संक्रमण फैलिएपछि बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन लकडाउन गर्ने निर्णय गरेको हो ।लकडाउन अवधिभर तोकीएको समय बाहेक बजार पसलहरु बन्द रहने छन् ।
नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा बसेको बैठकले नगरमा समुदायमा कोरोना फैलन नदिन सुरक्षा निकाय , स्थानीय ब्यवसायी संग समन्वय गरी लकडाउन गर्ने निर्णय गरेको छ । नगर प्रमुख राईले खाद्यान्न लगायतका अति आवश्यक पसल बिहान ८ बजे देखि १० बजे सम्म सुरक्षा सर्तकता अपनाएर खोल्न दिइृने जानकारी दिनु भयो । नगरले अति आवश्यक काम बाहेक हिड्डुल गर्न समेत रोक लगाएको छ । नगरले कर्मचारीलाई समेत अन्यत्र जानु पर्ने भए जानकारी गराई अनुमति लिएर मात्र जान भनेको छ । कार्यपालिका बैठकले मोटरसाईकल सहितका सबै सवारीसाधन संचालनमा रोक लगाउने निर्णय समेत गरेको छ ।
कोरोनाको संभावित बढ्दो जोखिमलाई नगर क्षेत्रभित्र नियन्त्रण गर्न यस क्षेत्रका कृषिजन्य उत्पादन, दुग्द्यजन्य उत्पादन, दैनिक उपभोग्य खाध्यान्न बस्तु, अत्यावश्यक इन्धन, औषधी ओसारपसार आपुर्ति कार्य बाहेक अन्य स्थानीय यातायात, होटल रेस्टुरेन्ट, होमस्टे, हाटबजारहरु, टोल समाजमा भिडभाड हुने क्रियाकलापहरु संचालन गर्न नपाइने भएको छ ।
लकडाउन गरिए संगै नगर क्षेत्रमा पीसीआर बढाउने समेत नगर प्रमुख राईले जानकारी दिनु भयो ।
बुधबार शसस्त्र प्रहरीको आईतबारे क्याम्पका एक जनाको रिर्पोट पोजेटिभ आए संगै नगरले उच्च सर्तकता अपनाएको छ । उक्त पोष्टका पोजेटिभ ब्यक्ति र उनको परिवारका केहि ब्यक्ति समेत समुदायमा ह्ेलमेल भएको क्न्ट्रयाक ट्रेसिङ फेला परेपछि नगर क्षेत्रमा उच्च सर्तकता अपनाईएको सूर्योदय नगरपालिकाका कोभिड १९ फोकल फर्सन बिपुल अधिकारीले जानकारी दिनु भयो ।
शसस्त्र प्रहरी बीओपी पशुपतिनगरका दुई जना र आईतबारेका एक जनामा कोरोना संक्रमण देखिएको छ । आईतबारेमा फेला परेका संक्रमितको नजिकको सम्पर्कमा रहेका र उनको घर परिवार गरी २६ जनाको पीसीआर टेष्ट गरिएको छ । बुधबार मात्र नगरपालिकाले शसस्त्र प्रहरी, कर्मचारी , जनप्रतिनिधि , ब्यवसायी , पत्रकार गरी १ सय २६ जनाको पीसीआर टेष्ट गरेको थियो । उक्त टेष्टको रिर्पोट आएपछि अन्य क्षेत्रमा ब्यापक रुपमा पीसीआर टेष्ट गरिने अधिकारीले जानकारी दिनु भयो । नगर क्षेत्रमा हाल सम्म समुदायमा भने कोरोना फैलिएको छैन । समुदायलाई सुरक्षित राख्न नगरले लकडाउन गर्नु परेको जनाईएको छ ।
इलाम जिल्ला भर हाल सम्म ४६ जना शसस्त्र प्रहरी , २ जना नेपाली सेना , १ जना प्रहरी , १ जना इलाम नगरपालिकाका कर्मचारी र अन्य २६ गरी जम्मा ७६ जनामा संक्रमण फेला परेको छ । त्यस मध्ये ३२ जना निको भएर घर फर्की सकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी दिनु भयो । एवीसी नेपालीबाट साभार 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment