इलामको हाइड्रो मर्मत गर्न आएमा काठमण्डौँमा कोरोना संक्रमण देखिए भन्दै सन्दकपुर गाउँपालिका सिल

इलाम, २२ साउनः  इलामको सन्दकपुर गाउँपालिकामा रहेको पञ्चकन्या हाइड्रोपावर मर्मत सम्भर गरेर फर्किएका ११ जना कर्मचारीहरुमा कोरोना संक्रमण पोजेटीभ देखिएको छ ।  सन्दकपुर गाउँपालिकामा वसेर ६ दिन अघि काठमाण्डौँ फर्किएर पिसिआर परिक्षण गर्दा इलाम आएका सवैमा कोरोना पोजेटीभ देखिएको हो । गाउँपालिका आएर फर्किएका कर्मचारीमा कोरोना संक्रमण  देखिएपछि समुदायमा फैलन नदिन साउन २२ गते राती १२ बजेबाट अर्को निर्णय नभएसम्म सिल गरिएको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले जानकारी दिनुभयो ।
वडा नं २ र ४ को सिमानामा पर्ने माइखोलामा रहेको हाइड्रोपावरमा मर्मतका लागि कर्मचारीहरु मावु स्थित तीनकुनेमा रहेको होटलमा ६ दिन बसेर काठमाण्डौ फकिएको राईले जानकारी दिनुभयो । 
गाउँपालिकाले अन्तर स्थानीय तह, वडाहरु जोडने सिमा नाका सिल गर्नुका साथै हाटबजार, बजार क्षेत्र सरकारी तथा गैर सरकारी कार्यालयहरु, यातायात र शैक्षिक संस्था बन्द गरिएको राईले बताउँनु भयो । 
सन्दकपुर गाउँपालिकामा वसेर गएका कर्मचारीलाई कहाँ र कसरी कोरोना संक्रमण भयो भन्ने कुनै जानकारी भने आएको छैन । उनीहरुले कहिले र कहाँ कोरोना संक्रमणको पिसिआर परिक्षण गराएको भन्ने आधिकारीक जानकारी भने सन्दकपुर गाउँपालिकाले दिएको छैन । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment