नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाकाे मृत्यु , मृत्यु हुनेको संख्या ६५ पुग्यो


काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मोरङमा २ जना, सर्लाही, धनुषा र सप्तरीमा १ जनाको मृत्यु भएसँगै मृतकको संख्या ६५ पुगेको हो ।

मोरङमा बुधबार दुई जनाको मृत्यु भएको र दुबै जनाको मृत्यु पछि गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको थियो ।

यसैगरी सर्लाहीका एक संक्रमितको उपचारको क्रममा बुधबार काठमाडौंमा मृत्यु भएको थियो भने धनुषा र सप्तरीमा बुधबार दुई जनामा मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment