पछिल्लो २४ घण्टामा ३ सय ६० संक्रमित थपिए, संक्रमितको संख्या २१ हजार ७ सय ५० पुग्यो


काठमाडौं, २२ साउन । मुलुकमा थप ३ सय ६० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ६० संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा इलामका १५ जना, मोरङका १३ जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १० जना र सुनसरीका ४ जनामा संक्रमण देखिएको छ । यता, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका ८ जना, मोरङका १ जना र सुनसरीका १५ जनामा संक्रमण देखिएको छ । यस्तै, जनकपुर प्रयोगशालामा धनुषाका २३, महोत्तरी र सर्लाही र सिरहाका १ जना, भरतपुर अस्पताल भरतपुरमा चितवनका १ जनामा संक्रमण देखिएको छ ।

नारायणी अस्पतालमा भएको परीक्षणमा महोत्तरीका १, पर्साका ४१ जना र रौतहटका १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाजुराका ३, गोरखाका ४ जना, काठडमाडौं २५ कपिलवस्तुका २१ जना र सर्लाहीका ७ जनामा संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा भक्तपुरका १, भोजपुरका २, दोलखाका १ जना, काठमाडौंका १५, काभ्रेका १ जना र ललितपुरका २ जनामा संक्रमण देखिएको छ ।

किटजन्य प्रयोगशाला हेटौंडामा बाराका १३, मकवानपुरका ४ जना, रौतहटका १ जना काठमाडौंका १ जना, सर्लाही र रुपन्देहीका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, कोरिया मैत्री अस्पतालमा दाङका १ जना र प्रहरी अस्पतालमा भएको परीक्षणमा काठमाडौंका १३ जनामा संक्रमण देखिएको छ ।

वीर अस्पतालमा धनुषका १, काठमाडौंका ३, महोत्तरीका १ जना नुवाकोटका १, रामेछापका १ जना र सिरहाका १ जनामा संक्रमण देखिएको छ । त्रिवि शिक्षणमा बारका १ जना, गुल्मीका १ जना, कञ्चनपुरका १ जना, काठमाडौंका ५ जना, काभ्रेका १, उदयपुरका १ जनामा पुष्टि भएको छ । डीएण्डडी ल्याबमा भएको परीक्षणमा ललितपुरका ६ जनामा संक्रमण देखिएको छ ।

स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका ४, ललितपुरका १ जना, पर्साका १ जना बीरेन्द्र अस्पतालमा काभ्रेका १ जना र काठमाडौंका १ जना, ह्याम्स अस्पतालमा काठमाडौंका ९ जना, ललितपुरका १ जना , प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा गोरखका २, कास्कीका १ र पर्वतका १ जनामा संक्रमण देखिएको छ । यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कपिलवस्तु्का १० जना, रुपन्देहीका ३ जना, रुपन्देही प्रयोगशालामा दाङका २, कपिलवस्तुका १, प्युठानका ५ जनामा संक्रमण देखिएको छ ।

यता, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा सुर्खेतका १ जना र दैलेखका १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जुम्लाका १, मुगुका १ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा बैतडीका १ जना, डोटीका २ जना र सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा अछामका ७, बझाङका ३ जना, कैलालीका २१ जना, कञ्चनपुरका १ जनामा पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment