वीरगन्जमा सेना, प्रहरी, स्वास्थ्यकर्मी तथा थुनुवा सहित थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज (पर्सा), २३ साउन । वीरगन्जमा नेपाली सेना, प्रहरी, स्वास्थ्यकर्मी तथा कैदी सहित थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार आएको रिपोर्ट अनुसार थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा नेपाली सेना ५ जना, नेपाल प्रहरी १ जना, जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका थुनुवा ४३ जना, वीरगन्ज कारागारका कैदी १ जना तथा स्वास्थ्यकर्मी तराई अस्पतालका ४५ वर्षीय महिला १ जना एवं भेटनरी अस्पताल वीरगन्जका ५० वर्षीय पुरुष एक जना रहेका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा २४ जना महिला तथा १ सय १७ जना पुरुष रहेका छन् भने १५ देखि ७२ वर्ष उमेर समूहका रहेको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिए । संक्रमण पुष्टि हुनेहरुमध्ये जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी कर्मचारी बढि रहेका छन् भने वीरगन्ज महानगरपालिकाका वडा नं. २, ७, ९, १०, ११, १२, १३, १४, १५, २१ तथा २५ का रहेका छन् ।

वडा नं. २५ खलवाटोलाका २४ जना रहेका छन् भने वडा नं. १० अशोकवाटिका ९ जना तथा आदर्शनगरका ३ जना रहेका छन् भने पर्सागढी नगरपालिकाका २ जना रहेका छन् ।

यसैगरि संक्रमण पुष्टि हुनेहरुमध्ये बारा र रौतहटका नागरिकहरु पनि रहेका छन् । बारा जिल्लाको कलैयाका १ जना, चिउटाहाका १ जना, परवानीपुर लिपनीमालका १ जना, जितपुर – ७ का १ जना रहेका छन् भने रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं. २ लक्षमिनियाका ३ जना र गौर नगरपालिकाका १ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment