इलामको माईनगरपालिकामा दलितसँग बिहे गरेकी छोरीलाई सँगै बसेर बुबाको अन्तिम संस्कार गर्न दिइएन, दलित संर्घष समितिले निकाल्यो विज्ञप्ती


इलाम, २३ साउनः १२ वर्षअघि दलित समुदायका रत्नबहादुर विश्वकर्मासँग प्रेमविवाह गरेकी   इलामको माई नगरपालिका–२ दानाबारीकी यामकला आचार्य विकले बुबाको अन्तिम संस्कार  परिवारसँगै गर्न पाइनन् । साउन २० गते सोमबार राति निधन भएका बुबा चन्द्रप्रसादको किरिया परिवारसँगै बस्न माइती पक्षले नदिएपछि उनी छुट्टै बसेकी छिन् । उनलाई अहिलेसम्म माइतीले बोलाएको छैन । 

बुबाको दाहासंस्कारका लागि जाँदा पनि उनले अपमानित हुनुपर्‍यो । आफुले माइतीसँग अंश मागेको हैन वुवाको अन्तिम संस्कार गर्न पाउनुपर्छ भनेको भनेकी हो । उनले भनिन्  मलाई बुबाको मुख पनि हेर्न पनि दिइएन, तर अन्तिम संस्कार गर्ने त मेरो पनि अधिकार छ नि । 

यामकलाको घरबाट माइतीघर करिब तीन सय मिटर दूरीमा छ । बुबाको निधन भएको थाहा पाउनेबित्तिकै उनी रुँदै माइती पुगिन् । १२ वर्षपछि माइतीको आँगन टेकेकी उनलाई गाउँले र बहिनीले झम्टिए । ‘म पुग्नेबित्तिकै गाउँकी लक्ष्मी दंगालले तँलाई बाँचुन्जेल चाहिएन, अहिले के हेर्न आइस्? आँगन नटेक् भन्दै झपारिन्,’ यामकलाले भनिन्, ‘ठूलोबुबाको छोरी पारू त कुटुँलाझैँ गरेर पाखुरा सुर्केर आई । अरू वेला त दलितसँग गएको भनेर बाटो हिँड्दा थुक्थे पनि ।’ 

यामकलाले घरमा मात्र होइन बुबाको अन्तिम संस्कारमा घाटमा समेत दलितसँग बिहे गरेकै कारण विभेद भोग्नुपर्‍यो । घरमा पुग्दा झपारिएकी उनी बुबाको मुख हेर्न र अन्तिम संस्कारमा सहभागी बन्न माईघाट पुगिन्, तर त्यहाँ पनि विभेद भयो । ‘छेउमा जाने वातावरण नै थिएन । सबै आफन्त बुबाको छेउमा थिए । म पर अलग्गै बसेँ । बुबालाई दागबत्ती दिइन्जेल मलाई थाहा छ, त्यसपछि अचेत भएँ । मलाई किरिया माइतमा बस्न नदिने कुरा भएछ, त्यसैले घरमै जुठो बारिरहेकी छु,’ उनले भनिन् ।

मृत्युको अन्तिम संस्कारका वेला श्रद्धाञ्जलीसभा परिवारका सबै सदस्यको नाम भनियो तर छोरी र ज्वाइँको नाम नलिइएको यामकलाको गुनासो छ ।

यसैगरी माईनगरपालिकाको संयुक्त दलित संर्घष समितिले यो घटनाको विरोध गर्दै एक विज्ञप्ती निकालेको छ । समितिका अध्यक्ष दुर्गा शंकरको हस्ताक्षर भएको विज्ञप्तीमा अन्यामा परेकी महिलाको न्यायकोलागि लड्न सवैमा आग्रह समेत गरिएको छ । 

हेर्नुहोस विज्ञप्ती



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment