काठमाडौ, ललितपुर र भक्तपुरमा बुधबार राति १२ बजेदेखि निधेषाज्ञा

काठमाडौं, २ भदौ । बुधबार बेलुका १२ बजेदेखि लागू हुने गरी काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी हुने भएको छ । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एक साताका लागि निषेधाज्ञा लागू गर्न लागिएको हो ।

तीनै जिल्लामा कोरोना रोकथाम समितिका बैठकले काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा भदौ ३ गते रातिदेखि भदौ १० गतेसम्मका लागि निधेषाज्ञा जारी गर्ने निर्णय मंगलबार राति गरेका हुन्।

काठमाडौ, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले भदौ १० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । बैठकले निषेधाज्ञा लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment