विराटनगरमा एकै दिन ४४ प्रहरीमा कोरोना संक्रमण पुष्टि

विराटनगर, २ भदाै । मंगलबार विराटनगरमा ९६ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ जसमा ४४ जना प्रहरी कर्मचारीहरु रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय संगै रहेको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरका १० महिला सहित ४४ जना प्रहरी कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एक सय जनाको स्वाब परिक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको सामाजिक विकास मंत्रालयले जनाएको छ ।

यसै गरी विराटनगर स्थित कोशी अस्पतालको कोभिट १९ उपचार केन्द्रका व्यवस्थापक ज्ञान बहादु बस्नेत सहित दुई जनामा कोरोना संक्रमण देखिएको छ । केही लिन अगाडी संगैको साथिलाई पोजेटिभ देखिए पछि दुवै जना होम आइसोलेसनमा बस्नु भएको थियो ।

विराटनगरका अधिकाशं अस्पतालका स्वास्थ्यकार्मीमा कोरोना पोजेटीभ देखिएको छ नोवेल अस्पतालका ४ स्वास्थ्कर्मीमा पनि संक्रमण देखिएको छ । कोरोना संक्रमण समुदायमा फैलिएको हुनाले स्वास्थ्य सतर्कता अपनाउन र भौतिक दुरी कायम गर्न नगरबासीहरुमा विराटनगर महानगरपालिकाले आग्रह गरेको छ ।

स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीको पीसीआर पोजेटिभ रिपोर्ट आए पछि स्वाब संकलन दुइदिन बन्द गरेको महानगरपालिकाले मंगलबार देखि पुन सुरु गरेको छ । अन्य सवै कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि स्वाब संकलन गर्न सुरुगरिएको महानगरका जनस्वास्थ्य निर्देशक राजेन्द कुइकेलले जानकारी दिनुभयो ।

उहाँले मंगलबार होल्ड आइसोलेसनमा रहेका , आइसोलेसनमा रहेका र क्वारेण्टीमा रहेका गरी ६० जनाको स्वाब संकलन गरेको जानकारी दिनुभयो । विराटनगर महानगरपालिका भित्र संक्रमितको संख्या ६ सय ९१ पुगेको छ । भने ९१ जना डिस्चार्ज भएका छन् भन् ८ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment