इलामको देउमाइमा पारिवारीक निजिबनको सम्भावना र चुनौती विषयक अन्तरक्रिया

इलाम, १७ साउनः इलामको देउमाई नगरपालिकाको मंगलबारेमा शुक्रबार परिवारिक निजिबनको सम्भावना र चुनैती विषयक अन्तरक्रिया कार्यत्रम सम्पन्न भएका छ ।  पारिवारिक निजि वन संघ जिल्ला साखा इलामको आयोजनामा भएको कार्यक्रममा  प्रदेश न.१ भुमि व्यवस्था कृषि तथा सहकारि राज्य मन्त्री माननीय राम व रानाको प्रमुख आतिथ्यतामा भएको थियो । 
कार्यक्रममा ८० वडि पारिवारिक निजि वन किसानको सहभातामा सम्पन्न भएको छ । शाखाका इलाम अध्यक्ष रविन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पारिवारिक निजि वन किसानले कृषि वालि सरह आफुले रूख वेच्न पाउनु पर्ने माग राखेका थिए । 
ऐन कानुन नै किसान मारा भएको भन्दै त्यसलाइ सच्याउन सवै पारिवारिक निजि वन किसान संगठित हुनुपर्नेमा किसानको जोड रहेको थियो ।कार्यक्रममा मन्त्री रानाले किसानको समस्या समाधान गर्न आफुले केन्द्र प्रदेस र स्थानिय तहमा प्रयत्न गर्ने भन्दै किसानलाई संगठित हुन सुझाव समेत दिएका थिए ।शखाका अध्यक्ष रविन्द्र सुवेदीले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा देउमाइ नगरपालिका कि उपमेयर पुस्पा राई,पारिवारिक निजि वन संघकि केन्द्रीय सदस्य भुमिका आचार्य,आयोग सदस्य डिक वम्जन,वन कार्यलयका प्रतिनिधि विदुर रेग्मी,पारिवारिक निजि वन किसानहरू देवि प्रसाद गजुरेल,राधाकृष्ण भट्टराइ,सोभा अधिकारि लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता