फेरि संक्रमितको संख्या ह्वात्तै बढ्यो, देशभर पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ संक्रमित फेला

काठमाडौं, ११ भदौ । मुलुकमा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । गत असार १९ गतेपछि यो अहिलेसम्मको संक्रमितको सर्वाधिक संख्या हो । त्यसबेला एकैदिन १ हजार ८६ जनामा संक्रमण फेला परेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ११ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को खोटाङमा १ जना, संखुवासभामा ४ जना,ेरङमा २० जना, सुनसरीमा ३८ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश २ को धन्ुषामा ३९ जना, पर्सामा ८५ जना, बारामा ३० जना, महोत्तरीमा ७ जना, रौतहटमा १५ जना, सप्तरीमा २२ जना, सर्लाहीमा ६ जना र सिरहामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा २ सय ७० जना, काभ्रेमा १३ जना, चितवनमा ४५ जना, दोलखामा २ जना, धादिङमा १ जना, मकवानपुरमा ६३ जना, रामेछापमा ६ जना, सिन्धुलीमा ५ जना, नुवाकोटमा ७ जना, सिन्धुपाल्चोकमा ३ जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा २ जना, गोरखामा १ जना, तनहुँमा ११ जना, नवलपरासी पूर्वमा १७ जना, पर्वतमा १, लमजुङमा ३ जना र बागलुङमा ८ जनामा संक्रमण देखिएको छ ।

यता, प्रदेश ५ को कपिलवस्तुमा २१ जना, गुल्मीमा ३ जना, दाङमा २ जना, प्युठानमा ४ जना, नवलपरासीमा १८ जना, बर्दियामा १ जना, बाँकेमा ७५ जना, रुपन्देहीमा ७२ जनामा संक्रमण देखिएको छ ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ५ जना, दैलेखमा १२ जना, सुर्खेतमा ९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ६ जना, कैलालीमा २० जना, डोटीमा ६ जना, बझाङमा १ र बैतडीमा १७ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment