बाँकेमा ५१ जना नेपाली सेनामा कोरोना पुष्टि, आर्मी क्याम्प सिल


नेपालगन्ज,  ११ भदाै । बाँकेमा एकै दिन ५१ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन ५१ जना नेपाली सेनामा कोरोना पुष्टि भएपछि बाँकेको कौशिलानगरस्थित आर्मी क्याम्प सिल गरीएको छ ।

बुधबार वागेश्वरी डाईग्नोस्टिक एण्ड पोलिक्लिनिक नेपालगन्जमा गरीएको परिक्षणमा नेपाली सेनाका ५१ जवानलाई संक्रमण पुष्टि भएको थियो । एक बटालियनलाई नै संक्रमण देखिएपछि मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगर सिल गरीएको छ । यसअघि बिभिन्न तीन चरणमा गरीएको परिक्षणमा मध्यपश्चिम पृतना शिक्षालयका ३० जनालाई संक्रमण पुष्टि भइसकेको थियो ।

नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा २२ जना र बागेश्वरी डाइग्नोस्टिक प्रयोगशालामा गरिएको परिक्षणमा ५५ गरी ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment