कर्णाली प्रदेश अस्पतालका ६ जना डाक्टरमा कोरोना संक्रमण पुष्टि

कालिकोट, ११ भदौ । कर्णाली प्रदेश अस्पतालका ६ जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा प्रदेश अस्पताल सुर्खेतका ५ जना र मंगलबार एक जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण देखिएका मध्ये २ जना कन्सल्ट्यान्ट डाक्टर र ४ जना मेडिकल अधिकृत रहेको अस्पताल निर्देशक डा. डम्बर खड्काले बताउनु भयो । चिकित्सकमा कोरोना देखिएपछि बिहीबार देखि १ हप्ताको लागि अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ ।

यसअघि कोरोना संक्रमण देखिएका अस्पतालका ३ जना चिकित्सक कोरोना संक्रमण निको भएर ड्युटीमा फर्किसकेका छन् । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि अवस्था जटिल हुन थालेको अस्पताल निर्देशक डा खड्काले बताउनु भयो । कोरोना विशेष अस्पताल सुर्खेतमा अहिले २३ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment