वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, सेवा समेत प्रभावित !


काठमाडाैं, ११ भदाै ।  वीर अस्पतालमा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सकको संख्या ३० पुगेको छ । इन्टरनल विभागका एक चिकित्सकलाई साउन २२ गते कोरोना पुष्टि भएको थियो ।

त्यसयता ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार बुधबार मात्रै नर्स तथा डाक्टरसहित पाँच जनालाई कोरोना पुष्टि भएको छ ।

सेन्चुरीका अनुसार बुधबार नाक, कान, घाँटी विभागका एक डाक्टर, महिला वार्डमा कार्यरत दुई नर्स र सहायक स्तरका दुई कर्मचारीमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै गएपछि अस्पतालको सेवा समेत प्रभावित हुन थालेकाे निर्देशक सेन्चुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयाे, ‘धेरै स्वास्थ्यकर्मी क्वारेन्टाइनमा हुनुहुन्छ । अहिलो थोरै जनशक्तिले काम चलाइहनु परेको छ । तर अहिले आलोपालो गरेर व्यवस्थापन गरिरहेका छौं।’

अस्पतालका अुनसार केही संक्रमित कर्मचारीलाई वीर अस्पतालकै आइसोलेसनमा राखिएको छ भने केही कर्मचारी होम आइसोलेसनमा छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment