प्रदेश १ मा एकै दिन ९५ जना कोरोना संक्रमित थपिए, ३५ जना डिस्चार्ज, मेची अस्पतालबाट पीसीआर परीक्षण शुरु

विराटनगर, ३० साउन । प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीको ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला १ पुरुष, देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला, झापाको दमकका २ महिला ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीक १ पुरुष र सिरहा र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ ।

प्रदेश १ बाट आज ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज भएकाहरु झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।

मोरङको बुढीगंगा गाउपालिकामा सञ्चालित आरती स्ट्रीप्सका कर्मचारी र मजदुर गरी ५१ जनामा संक्रमण देखिएको छ । दई जना अझै सम्पर्कमा आएका छैनन् भने दुइजना कर्मचारी होम आइसोलेसनमा बसेका छन् बाँकी मजदुरहरु उद्योग भित्र आइसोलेसनमा बसेका बुढीगंगा गाँउपालिकाले जनाएको छ ।

विराटनगरका ६ जना सहित मोरङमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

मेची अस्पतालबाट पीसीआर परीक्षण शुरु
शुक्रबारदेखि मेची अञ्चल अस्पताल झापाबाट पीसीआर परीक्षण शुरु भएको छ । झापाबाट पीसीआर परीक्षण शुरु भएसँगै परीक्षणको संख्या पनि बढेको छ ।

यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरबाट पीसीआर परीक्षण हुँदै आएको छ ।
प्रदेश १ मा आज २ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २८ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment