दोलखामा भदौ ६ गतेसम्म लकडाउनको घोषणा

दोलखा, ३० साउन । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यलय दोलखाले भदौँ ६ गते सम्मको लागू हुने गरी लकडाउनको घोषणा गरेको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले संक्रमण फैलन नदिँन भदौँ ६ गते सम्मका लकडाउन गर्ने निर्णय गरेको हो । शनिबारबाट लागु हुनेगरी भदौ ६ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ, प्रमूख जिल्ला अधिकारी भीमकान्त शर्माले न्यूज २४ संग भन्नुभयो ।

प्रजिअ शर्माका अनुसार लकडाउन अवधिभर घरबाट बाहिर निस्कन तथा बाहिर हिडडुल गर्न पूर्ण रुपमा निषेध गरिनेभएको छ । जिल्लामा सबै प्रकारका सवारी साधन चल्न रोक लगाइने तथा अत्यावशक वस्तु विक्री पसल बाहेक सबै पसलहरु बन्द रहने निर्णय गरिएको छ । पछिल्लो समय जिल्ला भित्रपनि कोरोना भाइसरको संक्रमण फैलन थालेपछि जिल्ला प्रशासन कार्यलयले सो निर्णय गरेको हो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment