विरिङ खोलामा पोको पारेर फ्याँकिएको अवस्थामा साल नालसहितको शिशुको शव

झापा, १ भदाैँ । अर्जुनधारा ७ स्थित विरिङ खोलामा पोको पारेर फ्याँकिएको अवस्थामा साल नालसहितको नवजात शिशुको शव फेला परेको छ ।

सोमबार बिहान नवजात शिशुको मृत शरीर फेला परेको शनिश्चरे प्रहरी चौकीले जनाएको छ । सेतो प्लास्टिकको झोलामा पोका पारेर खोलामा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेकोे चौकीका इन्चार्ज तथा सइ सूर्यबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार खोलामा ढुंगा निकाल्न खटिएका स्थानीय तिलबहादुर मिश्रले खोलामा केही बगेर आएको देखेपछि उनले उक्त झोलालाई खोला बाहिर निकालेका थिए । कसैको सामान बगाएर ल्याएको हुनसक्ने आशंकामा झोला बाहिर निकालेर हेर्दा साल नालसहितको मृत शिशु फेला परेको प्रहरीको भनाइ छ ।

विरिङ पुल दक्षिण पश्चिम क्षेत्रमा फेला परेकाे शिशुकाे लिङ्ग पहिचान भइसकेकाे   छ ।

नवजात शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाइ पोस्टमार्टमका लागि शवलाई मेची अञ्चल अस्पताल पठाएको थियो । तस्वीर : कमल पाेख्रेल

अनुसन्धान अनलाइनबाट साभार गरिएकाे 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment