प्रदेश १ मा थप तीन संक्रमितको मृत्यु, ७७ जना नयाँ संक्रमित थपिए

विराटनगर, २७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट थप तीनको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै, प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

प्रदेश १ मा शनिबार (आज) ७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ४६ जनामा संक्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङको बुढीगंगामा ५ महिला ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचमा १ महिला, सुनसरीको इटहरीमा २ महिला ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ९६ पुगेको छ । प्रदेश १ मा शनिबार ३६ जना डिस्चार्ज भएका छन् । काली सदन आइसोलेसन विराटनगरबाट २०, बैजनाथपुर आईसोलेसन विराटनगरबाट ९, मारवाडी सेवा सदन आईसोलेसनबाट ४ र कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन् ।

योसँगै, प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ । प्रदेश १ मा शनिबार १ हजार २ सय १२ जनाको पीसीआर परीक्षण भएको छ ।



परीक्षण गरिएका मध्ये २९ महिला र ४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार हालसम्म १ लाख ६ हजार ९ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment