कोरोनाबाट मृत्यु हुनेको संख्या पुनः दोहोरो अंकमा, पछिल्लो २४ घण्टा १४ संक्रमितको मृत्यु

काठमाडौं, २७ भदौ । केही दिन एक अंकमा सीमित कोरोना संक्रमितहरुको मृत्यु दर पुनः ह्वात्तै बढेर दोहोरो अंक छोएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

File Photo

मृत्यु हुनेमा ११ जना पुरुष र ३ जना महिला रहेका छन् । जसमा काठमाडौंका ५१ वर्षीय पुरुष, ५४ वर्षीय पुरुष र ७६ वर्षीया महिलाको गरी ३ जनाको मृत्यु भएको छ ।


त्यसैगरी सुनसरीका ४३ वर्षीय पुरुष, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, स्याङजाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष र कास्कीका ५१ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी रुपन्देहीका ६० वर्षीय पुरुष र ४० वर्षीया महिलाको पनि मृत्यु भएको छ । यता, पर्साकी ७६ वर्षीया महिला र तनहुँकी ७६ वर्षीया महिलाको पनि कोरोनाले मृत्यु भएको छ ।

योसँगै देशभर कुल मृतकको संख्या ३ सय ३६ पुगेको छ । यो मृत्युदर संक्रमितहुनेहरुबाट ०।६३ प्रतिशत हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment