प्रदेश १ मा कोरोना १ सय ४३ संक्रमित थपिए

विराटनगर, २१ भदौ । प्रदेश १ पछिल्लो २४ घण्टामा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् भने ७ जना डिस्चार्ज भएका छन् । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । इटहरीमा ५ महिला र २ पुरुष, मोरङको विराटनगरमा ९ महिला १६ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिला, झापाको विर्तामोडमा ८ महिला २ पुरुष, कमल गाउँपालिकामा ३ महिला ७ पुरुष, मेचीनगरमा २ महिला ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता संखुवासभाको खाँदबारीमा ३ , चैनपुरमा २ र चिचिलामा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिर एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ ।

प्रदेश १ मा भाद्र २१ गते सम्म १ हजार २ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३१ महिला र १ सय १२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल सम्म ९८ हजार ४ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । झापाकी १ महिला र विराटनगरका १ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४१ पुगेको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ४३ पुगेको छ ।

विराटनगर महानगरपालिका वडा नं. २ तीनपैनी चोकका ७० वर्षीय पुरुषको शनिबार राती कोशी अस्पतालमा मृत्यु भएको हो । उनलाई पुरुषलाई ज्वरो, खोकी र श्वासप्रस्वासमा समस्या आएपछि शनिबार साझं अस्पताल लगिएको थियो ।

मृत्यु पछि उनको स्वाब संकलन गर्रिएको थियो उनको मृत्यु पछि रिपोट पोजेटिभ आएको कोशी अस्पतालका मेसु डा। चुमनलाल दासले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment