विराटनगर, २० भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सवै मोरङका रहेका छन् । विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा भाद्र १० सम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २७ रहेका छन् । प्रदेश १ को मोरङमा २१ जना , सुनसरीमा ५ झापामा १ जना प्रदेश २ का १२ जना प्रदेश १ बाहिरका रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा शनिवार १६ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज सम्म ९७ हजार २ सय २१ जनाको कोरोना परीक्षण गरिएको छ ।
प्रदेश १ मा सवैभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ हो जस्मा १ हजार ८ सय ५० जना संक्रमित रहेका छन् । त्यस्तै झापामा ६ सय ४१ , सुनसरीमा ९ सय १२ रहेका छन् भने उदयपुरामा १ सय १६ रहेका छन् । यसैगरी इलाममा ८८ ,खोटाङमा २२ , ओखल्ढुङगामा २२ , धनकुटामा ४२ , तापलेजुङमा १२, तेह्रथुममा २८ ,सोलुखुम्बुमा ८ , पांचथर १७, भोजपुरमा १३ ,संखुवासभामा ३४ र अन्य ७४ जना रहेका समाजिक विकास मंत्रालयले जनाएको छ ।
0 comments:
Post a Comment