काेराेना संक्रमितकाे संख्या तीव्र रूपमा बढ्दै, यी हुन् संक्रमित उच्च रहेका १० जिल्ला



काठमाडौं, २० भदौ । नेपालमा दिन दिनै कारोना संक्रमितहरुको संख्या बृद्धि हुँदै आएको छ । शुक्रबार नेपालभर परीक्षण यताकै उच्च १३ सय ५९ जना नयाँ संक्रमित थपिएका थिए । त्यस्तै आजपनि मुलुकभर १ हजार ४१ नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितहरुको ग्राफ उच्च रहेका जिल्लाहरु काठमाडौं पहिलो स्थानमा रहेको छ । त्यस्तै नेपाल भारत सीमा जोडिका केहि जिल्लाहरुमा संक्रमितको संख्या उच्च रहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
संक्रमितको संख्या उच्च रहेका १० जिल्लाहरु
काठमाडौं : काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या अहिले ६ हजार ५ रहेको छ । ६ हजार ६ सय ७९ जना संक्रमित रहेकामा आज पनि काठमाडौंमा ३२६ नयाँ कोरोना संक्रमित थपिएका हुन् । जसमा ४ हजार ३२ जना पुरुष रहेका छन भने १ हजार ९ सय ७३ महिलामा संक्रमण भएको हो ।
पर्सा : कोरोना संक्रमण दर उच्च भएको अर्को जिल्ला पर्सा रहेको छ । प्रदेश २ मा पर्ने जिल्ला पर्सामा यतिबेल २ हजार बढिमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म पर्सामा २ हजार ४ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
सर्लाही : भारतसँग जोडिएको प्रदेश २ मा पर्ने सर्लाही जिल्लामा पनि कोरोना संक्रमण दर उच्च रहेको छ । हालसम्म सर्लाहीमा २ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १ हजार सय ४७ पुरुष रहेका छन् । त्यस्तै ३ सय २२ महिला रहेका छन् ।
रौतहट : प्रदेश २ कै अर्को जिल्ला राैतहटमा पनि कोरोना संक्रमणको दर उच्च रहेको छ । जहाँ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएको छ ।
मोरङ :  कोरोना संक्रमित धेरै पुष्टि हुने जिल्लाको पाँचौँ स्थानमा मोरङ रहेको छ । प्रदेश १ को सबैभन्दा बढि कोरोना संक्रमण पुष्टि भएको जिल्ला समेत रहेको मोरङमा १ हजार ८ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषा : प्रदेश २ मै पर्ने जिल्ला धनुषामा पनि कोरोना संक्रमणको दर उच्च् रहेको छ । धनुषमा १ हजार ७ सय ५५ जनामा कोरोना पुष्टि भइसकेको छ ।
कैलाली : सुदरपश्चिम प्रदेशकै सबैभन्दा बढी कोरोना संक्रमित कैलालीमा भेटिएका छन् । कैलालीमा १ हजार ७ सय १६ जना संक्रमित फेला परेका छन् ।
महोत्तरी : प्रदेश २ कै अर्को जिल्ला महोत्तरीमा पनि कोरोना संक्रमित दर उच्च रहेको छ । महोत्तरीमा १ हजार ३ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
रुपन्देही : प्रदेश ५ कै अत्याधिक धेरै कोरोना संक्रमण पुष्टि भएको जिल्ल रुपन्देहिमा १ हजार २ सय २८ संक्रमित फेला परेका छन् ।
कपिलवस्तु : प्रदेश ५ कै अर्काे जिल्ला कपिलबस्तुमा १ हजार १सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
हालसम्म नेपालका ७७ ओटै जिल्लामा फैलिसकेको कोरोना भाइरस तराइका जिल्लाहरुमा धेरै संक्रमित भेटिएका छन् । अनुपातमा हेर्दा हिमाली जिल्लाहरुमा संक्रमितको संख्या कम भेटिएका छन् । प्रदेश गत हिसाबले हेर्दा प्रदेश २ कोरोना भाइरसको अति प्रभावित बनेकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment