कोरोना कहाली : साउदी दूतावास अघि नेपालीहरुको प्रदर्शन,सरकार लाचार बनेको आरोप

काठमाडौं, २३ भदौ । कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाको करिब ५ महिना पूरा हुन लागि सक्यो । जसका कारण स्वदेश तथा विदेशमा रहेका धेरै नेपालीहरुको रोजगारी नै गुमेको छ ।

स्वदेशमा रहेका नेपाली मात्र नभएर विदेशलाई आफ्नो कर्म थलो बनाएर काम गरीरहको नेपाली समेत त्यसको मारमा परेका छन् । विश्वको अर्थतन्त नै तहसनहस हुने गरी सुरु भएको कोरोना माहामारीको बेला सरकारले दीर्घकालीन योजना नल्याउदा नेपालमा रहेको नेपाली मात्र नभइ विदेशमा रहेका नेपाली समेत आक्रोशित बनेका छन् ।

सरकारको कार्यशैली गुनासो गर्दै साउदी अरबमा रहेका नेपालीले सरकारको विरोध गर्दै विरोध प्रदर्शन नै गरेका छन् । रोजगारीको सिलसिलामा साउदी अरेयिबा पुगेर पछिल्लो समय अलपत्र परेका नेपालीहरुले सरकार विरुद्ध विदेशी भूमिबाट नै विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरेको यो भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

प्रतिकुल अवस्थामा समेत आफ्ना जनता प्रति सरकार उत्तरदायी न बनेको भन्दै उनीहरुले आक्रोश समेत व्यक्त गरेका थिए । साथै साउदी अरबमा रहेको नेपाली दूतावासले आफुहरुको पीडा न बुझेको भन्दै दूतावास खारेजको समेत माग गरेका छन् । यो समस्या साउदी अरबको मात्र होइन, नेपालीहरु रोजगारीको सिलसिलामा पुगेको अधिकांश मुलुकमा रहेको छ ।

एकातिर सरकारको चर्को मूल्यदरको उद्धार नीति र अर्को तिर महिनौदेखि रोजगारी गुमेका नेपालीहरु विदेशमा नै चरम अभाव भोगेर बस्नुपर्ने अवस्था रहेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment