डा.गोविन्द केसीको १९ औ सत्याग्रह जुम्लामा सुरु, इलाममा पनि मेडिकल कलेजकाे माग


जुम्ला २९ भदौ । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. गोविन्द केसी जुम्लामा अनसन वसेका छन् । उनको जुम्लाको चन्दननाथ - ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औ सत्याग्रह जुम्लामा सुरु भएको हो । नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पचुहको सुनिश्चितता र वली सरकारको लुटतन्त्र तानाशाही तन्त्र विरुद्ध जुम्लामा १९ औ सत्याग्रह सुरु गरेको डा।गोविन्द केसीले वताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.वि. वि. एस लगायतका कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने । गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने । प्रदेश नं. २ र गण्डकी प्रदश तथा डोटी ,डेडेलधुरा, उदयपुर र इलाम, पाचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिाय अघि बढाइयोस भन्ने मागहरु रहेका छन् ।

आफु संग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डा।केसीले अनसन सुरु गरेका हन् । उनले १६ औ सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलाको सत्याग्रहका वेला गरिएका सम्झौताहरु अहिले सम्म पनि सरकारले कायान्वयन नगरेकाले आफु अनसन वस्न वाध्य भएको वताए ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment