झापामा छोराले गरे आफ्नै आमाको हत्या

सांकेतीक तस्वीर


झापा,  २९ भदौ । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ छोराले आफ्नै आमाको हत्या गरेका छन् । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय छोरा दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेका हुन् ।
मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले बताए ।
नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए । हत्या गर्ने छोरालाई गाँउलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरिक्षक पण्डितले बताए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment