इलाम बरबोटेका क्यान्सर पिडित ढकाललाई समाजसेवी खड्काको सहयोग


इलाम, २८ भाद्रः  समाजसेवी तथा नेपाली कांग्रेस इलामका  युवा नेता डम्बर खडकाले इलाम नगरपालीका वडा नं ५ का रक्त क्यान्सर पिडित १८ बर्षिय सोम ढकाललाई उपचारका लागि एकतिसहजार रुपँया आर्थिक सहयोग गरेका  छन । 

बिगत ६ महिना अघि देखि काठमाडौ स्थीत टिचिङ अस्पतालमा उपचारार्थ  पिडितका बुबा गोपाल ढकाललाइ आज उक्त रकम नेता खडकाले  हस्तान्तरण गरेका हुन । आपनौ आर्थिक अवस्था अति नै कमजोर भएका ढकाल परिवार सँग जग्गाको नाममा मात्र दुइ रोपनी छ । दैनिक अरुकोमा ज्याालादारी  गरेर परिवारको पालन चलाउने  गर्ने  बिपन्न  गोपाल ढकालका छोरा सोम ढकाल रक्त क्यान्सरबाट पिडित भएपछि  आर्थिक सहयोगका लागि नेता खडका सँग आग्रह गरेपछि तत्कालै बरबोटमा रहेको  ढकालको घर पुगेर नेता खडकाले म पनि सहयोग गर्छु  सबै मिलेर आर्थिक सहयोग गरौं र यो छोरालाइ बचाउने तपाँइ हामी सबै मिलेर को हो  भन्ने हौसला र उत्साह दिए । 

अहिले स्थानियको पहलमा सोम ढकाल बचाँउ अभियान मार्फत था आफनै गाँउघर जिल्लाबासी तथा  बिदेशमा नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुबाट  हाल सम्म करीब बाह्रलाख रुपँया सहयोग जुटेको पिडितका पिता गोपाल ढकालले बताए । अझै आठ दशलाख रकम जम्मा गर्न सके मात्र अस्पतालबाट ल्याउन सकिने समेत उनले दुखेसो गरेका छन हाल सोमकोे स्वास्थ्यमा राम्रो सुधार आएको छ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment