काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम, एकै दिन ८ सय ५९ जनामा संक्रमण पुष्टि

काठमाडौं, २ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ५९ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा एकै दिनमा पुष्टि भएको यो अहिलेसम्मकै सर्वाधिक बढी संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ५९ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ६ सय ९८ संक्रमित थपिएका छन् भने ललितपुरमा ७९ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८२ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १५ हजार १ सय १० पुगेको छ । यसमध्ये काठमाडौमा १२ हजार ४ सय ४०, ललितपुरमा १ हजार ४ सय २५ जना र भक्तपुरमा १ हजार २ सय ७५ जना संक्रमित छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment