१३ औँ सिजनको आइपिएल आजदेखी युएईमा शुरु, उद्घाटन खेलमा चेन्नई र मुम्बै भिड्दै


इलाम ३  असोज ।  ट्वान्टी ट्वान्टी क्रिकेट लिगमा सर्वाधिक चर्चित प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपिएल)को १३ आँै सिजन आजदेखि शुरु हुँदैछ । यस वर्षको आइपिएल युएईमा हुँदैछ । यस अघि भारतमा हुने भनिएको आइपिएल कोरोनाका कारण रोकिएर अहिले फेरी युएइमा हुन लागेको हो ।  कोरोना माहामारीका कारण यस बर्षको आइपिएल युएईमा हुने भएको हो भने भने कडा स्वास्थ्य प्रोटोकलका साबधानी पनि  अपनाइनेछ ।

आज हुने उद्घाटन खेलमा गत सिजनको साबिक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किङग्स खेल्दै छन् । गत सिजनकाे फाइनल खेल पनि यि दुइ टीम बिच नै भएकाे थियाे ।  खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुने छ ।

हाल सम्मको आइपिएलमा सबै भन्दा धेरै फाइनल खेलेका दुई टिम मुम्बई र चेन्नईबीचको यो उद्घाटन खेल रोचक हुने हुने छ । चेन्नई र मुम्बईबीचका अहिलेसम्मका हेड टु हेड हेर्दा यी दुई टिम २८ पटक प्रतिस्प्रधि बनेका छन् । जसमा मुम्बईले १७ खेल जितेको छ भने चेन्नईले ११ खेल जितेको छ ।

मुम्बई आइपिएल इतिहासमा सबै भन्दा धेरै उपाधि हात पार्ने टिम हो । मुम्बईले आइपिएलमा अहिले सम्म ५ पटक फाईन खेलेको छ । जसमा ४ पटक उपाधि हात पारेको छ भने यता चेन्नईको पनि आइपिएल इतिहास राम्रै छ । चेन्नईले पनि तीन पटक आईपिएल उपाधि जितेको छ भने ८ पटक फाईनल खेलेको छ । यो आइपिएलको १३ आँै सिजनमा आइपुग्दा मुम्वैले सवै सिजन खेलको छ भने चेन्नाइले २ सिजन गुमाएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment