काेराेना सम्बन्धी अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ


कास्की, २६ भदाै । सामाजिक सञ्जाल मार्फत कोभिड-१९ को पीसीआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका-७ घर भई हाल कास्की पोखरा महानगरपालिका-५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका-४ घर भई कास्की पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन् ।


प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड-१९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment