आजै राजीनामा दिने अर्थमन्त्री खतिवडाको घोषणा, मन्त्रिपरिषद् पुनर्गठन नहुने ओलीको भनाइ

काठमाडौं, १९ भदौ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले शुक्रबार (आज) साँझ नै राजीनामा दिने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आज नै राजीनामा दिने घोषणा गनुभएको हो ।विहीबार (हिजो) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा पठाउने निर्णय गरेको थियो । गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएसँगै डा. खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिदै थियो ।
तर पदावधि सकिने दिन शनिबार परेकोले उहाँले आजै राजीनामा दिने तयारी गर्नु भएको हो । उहाँले सरकारी निवास पनि आज नै छोड्ने तयारी गर्नु भएको बताइएको छ ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारा अवस्थमा पनि सरकारमा बसेर काम गरेको भन्दै मन्त्री खतिवडालाई धन्यबाद दिनुभएको छ । त्यस्तै, उहाँले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत समेत गर्नुभएको छ ।
नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताउनुभएको छ । उहाँले मन्त्रीहरुलाई हल्लाको पछि नलाग्न र ढुक्कसँग आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन समेत दिनुभएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment