धादिङ्गमा हत्यापछि टाउको सहित प्रहरीमा


धादिङ्ग, १९ भदाै । धादिङ्ग निलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ६४ वर्षीय सोम गुरुङ्गको आपसी झगडामा हत्या भएको छ । निलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति २६ वर्षीय राजु परियारले धारिलो हतियार खुर्पाले गुरुङ्गको हत्या गरेका हुन् ।

हत्यापछि मृतक गुरुङ्गको टाउको र खुर्पा समेत लिएर परियार जिल्ला प्रहरी कार्यालय धादिङमा आत्म समर्पण गरेको प्रहरीले बताएको छ । धादिङ्गमा हत्या गरी मृतकको टाउको र खुर्पा सहित प्रहरी समक्ष आत्म समर्पण गरेको पहिलो घटना हो ।

गम्भीर खालको घटना भएकोले थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रबिन्द्र रेग्मिले बताउनुभयाे ।






प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment