प्रदेश १ मा १ सय ७९ जना नयाँ संक्रमित थपिए, ३ सय ६३ जना डिस्चार्ज भए

विराटनगर, १८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १ र प्रदेश बाहिरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकोमा २६ महिला र ४३ पुरुष रहेका छन् । मोरङको कानेपोखरीमा २ महिला ८ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, धनपालथान, सुन्दरहरैचा, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यता सुनसरीको इटहरीमा १९ महिला र २२ पुरुष, इनरुवामा ६ महिला ८ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ महिला र स्थानीय तह नखुलेका २ महिला २ पुरुष, झापाको विर्तामोडमा ३ महिला ७ पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै, दमकमा २ महिला ५ पुरुष, कनकाईमा १ पुरुष, खोटाङको जन्तेढुङ्गामा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका १ महिला, उदयपुरको कटारीमा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय ११ पुगेको छ । प्रदेश १ मा आइतबार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएकामध्ये ६८ महिला र १ सय ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २७ हजार ५ सय ५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा यस प्रदेशमा ३ सय ६३ जना डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment