कर्मचारीमा संक्रमण देखिएपछि विराटनगरको मालपोत कार्यालय तीनदिनका लागि बन्द


विराटनगर, १९ असोज । विराटनगर स्थित भुमि सुधार तथा मालपोत कार्यालयका एक जना अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि कार्यालयको सेवा बन्द गरिएको छ ।

मालपोत अधिकृतलाई शुक्रबार कोरोना पोजेटिभ देखिए पछि आइतबार कार्यालयमा सुचना टाँसेर असोज १८ गते देखि २० गते सम्म सेवा बन्द गरिएको मालपोत कार्यालयले जनाएको छ । यस अघि भुमि सुधार कार्यालयका एक जना महिला कर्मचारीमा पनि कोरोना पोजेटिभ भेटिएको सो कार्यालयले जानकारी दिएको छ ।

पोजेटीभ भएका कर्मचारीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाब संकलन साथै कार्यालय सेनिटाइज गर्नको लागि तीन दिन बन्द गरिने बताइएको छ । धेरै जसो भिडभाड हुने मालपोत कार्यालयबाट दैनि ९० देखि एक सय भन्दा बढी जग्गाको रजिस्ट्रेसन हुने गरेको मालपोत कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयमा धेरै स्थानबाट मानिसहरुको जमघट हुने भएकाले कोरोनाको उच्च जोखिममा रहेको सो कार्यालयका कर्मचारीनै संक्रमित भएपछि सतर्कता अपनाउनको लागि सेवानै बन्द गरेर सजगता अपनाएको मालपोत कार्यालयले जनाएको छ । कार्यालयमा आउनेहरुको लागि गेटमा हातधुनको लागि सावुन पानीको व्यवस्था साथै सरिरको तापक्रम हेर्ने व्यावस्था गरिएको सो कार्यालयले जानकारी दिएकोे छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment