भक्तपुरमा रोकि राखेको बसभित्र १६ बर्षीया किशोरीमाथि सामुहिक ब'लात्कार



काठमाडौं, १८ असोज । शनिबार राति भक्तपुरमा एक किशोरीमाथि सामुहिक ब’लात्कार भएको खुलेको छ । भक्तपुर नगरपालिका-८ कालाँचामा रोकेर राखिएको बा.३ ख २६१२ नम्बरको बसभित्रै १६ बर्षिया किशोरीलाई ३ जनाले ब’लात्कार भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरीको घटनास्थल पुगेको थियो । ब’लात्कारमा संलग्नकाे खोजी गर्नेक्रममा सिन्धुपाल्चोक गढी नगरपालिका-१० घर भएका २२ वर्षीय निरकुमार खड्का र उनका एकजना साथीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये एकजना सोही बसका चालक रहेका छन् ।

ब’लात्कारमा संलग्न अर्का एकजना फरार रहेको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment