पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३३० संक्रमित थपिए

विराटनगर, २० असोज । प्रदेश १ मा पछिल्लो २४ भण्टामा ३ सय ३० जना कोरोना संक्रमित थपिएका छन् भने ३२ जना डिस्चार्ज भएका छन् । । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १५० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६९ महिला र ८१ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १३ महिला ८ पुरुष, कटहरीमा ७ महिला १२ पुरुष, बुढीगंगामा १ महिला ४ पुरुष, रंगेलीमा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा २८ महिला २६ पुरुष, इटहरीमा ६ महिला १२ पुरुष, इनरुवामा १ महिला ४ पुरुष, रामधुनीमा २ महिला २ पुरुष, बर्जुमा १ महिला ३ पुरुष, दुहवी, भोक्राहानरसिंह र बराहक्षेत्रमा १-१ पुरुष, स्थानीय तह नखुलेकमा १ महिला २ पुरुष, झापाको भद्रपुरमा १ महिला ५ पुरुष, विर्तामोड र दमकमा ३–३ पुरुष, हल्दिबारीमा २ पुरुष, बा¥हदशी, अर्जुनधारा, बुद्धशान्तिमा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरि संखुवासभाको खाँदबारीमा २ र चैनपुरमा १ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा १–१ पुरुष र प्रदेश १ बाहिरका २ महिला ३ पुरुषमा स.क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार १ सय ५ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ४ हजार १ सय २२ पुगेको छ । प्रदेश १ मा मंगलबार ६ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १ सय ३५ पुरुष र १ सय ९५ महिला रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १ लाख २७ हजार ५ सय ५६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment