इलामको देउमाइमा साग सब्जीले बजार पायो , सब्जी खेती तर्फ किसान आकर्षित

  • बिमल अधिकारी



देउमाइ, १ कातिकः   इलामको देउमाइ नगरपालिकामा पछिल्लो समय हरियो  सब्जी किन बिक्री हुन थाले पछि किसान त्यस तर्फ आकर्षित  भएका छन। केही बर्ष अगाडि गाग्रे भञ्ज्याङ् सोक्तिम बेलासे सडक ग्राभेल भए सगै देउमाइका जितपुर, सिद्दिथुम्का लगायतका ठाउँबाट नियमित जस्तो सब्जी किनबेच हुन थालेको हो। 

स्थानीय ब्यापारीले घर घर बाटै फर्सी , इस्कुस, काक्रा , बिइ , इस्कुसको टुप्पा, साग लगायतका सब्जी उठाउन किन्न थालेको व्यापारी बताउछन।  उक्त सब्जी झापाको बिर्तामोड मा बेचिने गरिएको छ। बिक्री हुन थाले पछि धेरै ले सब्जी खेती गर्न थालेको कृषकले बताएका छन।  अहिले सामन्य मूल्य रहे पनि बिस्तारमा राम्रो मूल्य पाउने समेत किसानले आशा गरेका छन।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment