६५ औं प्रहरी दिवशको अवसरमा इलाममा बिविध कार्यक्रम


इलाम, ३० असोजः ६५ औ प्रहरी दिवशको असवसरमा असोज ३० गते जिल्ला प्रहरी कार्यालय इलाममा बिभिन्न कार्यक्रमहरुको आयोजना गरी  कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईको प्रमुख आथित्थ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगाना,  पशुपति प्रसाद गण इलामका प्रमुख सेनानी प्रभात थापा, सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर, १ नं. गण इलामका प्रमुख शसस्त्र  प्रहरी उपरीक्षक सुधीर जङ थापा, राष्ट्रिय अनुसन्धान विभाग इलामका प्रमूख अनुसन्धान अधिकृत पुष्प दाहाल, पुर्व प्रहरी संगठन  इलाम अध्यक्ष बलराम कोईराला, अमर प्रहरी परिवारजन, पुर्ब प्रहरी कर्मचारिहरु लगायत सिनियर प्रहरी अधिकृत, जुनियरी प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कर्तब्य पालनाको शिलशिलामा बिरगती प्राप्त गर्नु हुने अमर प्रहरी कर्मचारीहरुको परिवारजनहरुलाई जिल्ला कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक नबिनराज राईले दोसला ओढाई सम्मान गर्नु भएको थियो भने अमर प्रहरी स्मारक निर्माणमा सहयोग गर्नु हुने सहयोगिदाता,  प्रहरी चौकि गजुरमुखीलाई निशुल्क जग्गाप्रदान गर्नुहुने जग्गादाता  र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई  प्रमूख अतिथिबाट पशंसा पत्र, कदर पत्र प्रदान गरीएको थियो त्यसै गरी SEE परीक्षामा उत्कृष्ट अंक ल्याउने जुनियर प्रहरी अधिकृत भन्दा मुनिको प्रहरी कर्मचारीको सन्तति जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक टिका राईको छोरी सुम्निमा राईलाईले SEE मा (3.8GPA) प्राप्त गरेको हुदा  सुम्निमा राईलाई प्रमुख अतिथीबाट प्रमाण पत्र तथा नगद रु १०,०००।– प्रदान गरीएको थियो ।

आगन्तुक सबै  प्रमुख अथिति, उपस्थित सम्पुर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन सहित जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक नविनराज राईले कार्यक्रम समापन गर्नु भएको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment